मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

उपत्यकाको निषेधाज्ञामा आजबाट थप कडाइ गर्दै प्रशासन


  • KTM Khabar
  • आइतबार, बैशाख १९ २०७८
9.8K
SHARES

फाईल तस्बिर

उपत्यकामा प्रशासनले लगाएको निशेधाज्ञामा आइतबार आजबाट थप कडाइ गरिने भएको छ। सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएको छ। यसलाई थप कडाइ गर्दै लानेछौं ।’ पराजुलीसहित जिल्ला सुरक्षा समितिको टोलीले शनिबार काठमाडौँका विभिन्न‍ स्थानमा स्थलगत निरीक्षण गरेर निषेधाज्ञा कार्यान्वयनको अवस्था जानकारी लिएको थियो ।

यसैबीच, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञाको समयमा सवारी चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाहरुका एक चौथाइ शाखाहरु मात्रै सञ्‍चालन गर्न दिने निर्णय गरेको छ। त्यसमा पनि एक चौथाइ कर्मचारी राख्‍नुपर्ने र त्यसको पनि सहजीकरण नेपाल राष्ट्र बैंक गर्नुपर्ने भनिएको छ ।

यस्तै, सरकारी कार्यालयमा पनि एक चौथाइ मात्रै कर्मचारी राखेर सञ्‍चालन गर्न भनिएको छ ।

कोरोनाभाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने निर्णय गरिसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा