सोमबार, माघ २३ २०७९
ताजा अपडेट

भिटामिन बी कम्प्लेक्सको स्रोत के के हुन् ?


  • KTM Khabar
  • आइतबार, बैशाख १९ २०७८
15.3K
SHARES

फाईल तस्बिर

मासुजन्य पदार्थ दूधजन्य पदार्थ (दूध, दही,पनीर, चीज आदी) जमीन भित्र फल्ने फल (आलू, गाजर, मूला, सलगम, तरुल आदी) भिटामिन बी बिभिन्न रुपमा पाइन्छ ।

बी १, बी २, बी ३ र बी १६ यी चार तत्वको सम्मिलित रुप नै भिटामिन बी कम्प्लेक्स हो । भिटामिन बीको पहिलो सदस्य ‘थाइमीन’ हो । त्यसैले यसलाई बी १ भनिन्छ । यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ । रोग प्रतिरोध क्षमता बढाउछ ।

बी१ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ । यसको कमीले मानसिक समस्या पनि हुन्छ । यो चामल, गहू, जौ, सोयाबीन, केराउ, बदाम आदीमा पाइन्छ ।

भिटामिन बी २ लाई ‘राइबो फ्लोबिन’ पनि भनिन्छ । यो मुख र आखाका लागि आवश्यक हुन्छ । यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउने जस्ता समस्या देखिन्छ । यो दूध, दही, बिभिन्न अनाज, हरियो सागसब्जिमा पाइन्छ ।

भिटामिन बी ३ लाई ‘पाइरीडाक्सिन’ भनिन्छ । यो छालाको लागि आवश्यक हुन्छ । यो अनाज, दूध, कलेजो, मासु आदीमा पाइन्छ ।

भिटामिन बी १२ को रासायनिक नाम ‘सायनोकाबालामीन’ हो । यो छाला, हड्डी, काशिका, मांसपेशिका लागि आवश्यक हुन्छ । यो मासु, माछा, अण्डा आदीमा पाइन्छ । भिटामिन बी कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटीन, पैन्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ ।
-एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा