काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरसका ५,७६३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ती संक्रमित भेटिएका हुन् ।
थप १९ जनाको मृत्यु भएको छ । १२८७ जना निको भएका छन् । ४३ हजार २१३ सक्रिय संक्रमित संख्या पुगेको छ ।
कूल संक्रमित संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । कूल मृतक संख्या ३ हजार २९८ पुगेको छ । संक्रमण दर १३.२ प्रतिशत पुगेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।