सोमबार, माघ २३ २०७९
ताजा अपडेट

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने सरकारी गाडीसहित १ हजार २३८ सवारी कारवाहीमा


  • KTM Khabar
  • शनिबार, बैशाख १८ २०७८
14K
SHARES

फाईल तस्बिर

बिदाको दिनमा निस्किएका सरकारी गाडीसहित निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।

निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
प्रजिअ पराजुलीका अनुसार निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चेकचाँजमा कडाइ गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चेकजाँचमा कडाइ गरिएको उनले बताए ।

प्रजिअ पराजुलीले अनलाइनखबरसँग भने, ‘आइतबारबाट निषेधाज्ञामा अझै कडाइ गर्दै लगिनेछ ।’

यसैबीच काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले उपत्यकाका विभिन्न स्थानमा निरीक्षणसमेत गरेको छ । निषेधाज्ञा पालना भए नभएको निरीक्षण गरिएको पराजुलीले बताए । यस्तै टोलीले वीर अस्पतालमा पुगेर कोरोना संक्रमितको उपचारको अवस्थालगायतका विषयमा जानकारी लिएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा