कोरोना भाइरस तपाईंको शरीरमा प्रवेश गरेको २ देखी ४ दिन पछी ,ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गारो भएको महसुस हुने गर्दछ । यस्ता लक्षण देखिए डाक्टरको सम्पर्कमा पुगेर कोरोना टेस्ट गाराउनु पर्दछ ।
लक्ष्यण देखा परेको दिन भन्दा ३ दिन अगाडी देखि तपाईं को सम्पर्कमा आएका सबै मानिसहरु लाई सचेत गर्नुहोस। हुन् त यो जानकारी तपाईंको नितान्त व्यक्तिगत कुरा हो, तर तपाईंलाई सजिलो लाग्छ र अरु मानिसलाई यसबाट बच्न सहयोग गर्न चाहनुहुन्छ भने यो जानकारी सार्बजनिक गर्न सक्नुहुन्छ यसो गर्दा अरु मानिसहरु सतर्क रहन अनि रोग फैलिन बाट रोक्न सकिन्छ।
अस्पताल नगई नहुने लक्ष्यणहरु के के हुन
१ अत्यधिक शरिरको तपक्रम बड्नु,
२ सास फेर्न एकदमै सारो पर्नु ,
३ छाती दुखि रहनु या छातीमा गरुङ् चिजले थिचेजस्तो हुनु ,
४ मानसिक अवस्था मा परिवर्तन आउनु भ्रमित हुनु या लाटिनु ,
५ ओठ या अनुहारको रंग निलो हुनु
यी लक्ष्यण हरु आपतकालीन लक्ष्यण हुन्, तपाईले यति खेर आफ्नो डाक्टर लाई तुरुन्त फोन गर्नु पर्छ, अनि तुरुन्त अस्पताल जानु पर्छ। रोग लगेरपनि कमै मानिसहरुमा जटिलता भएर अस्पताल भर्ना हुनु पर्ने या एक देखि दुई प्रतिशत मानिसहरुको मृत्यु भएको तथ्यांकले देखाएको छ।
त्यसैले नआतिनुहुस, साबधानी र सतर्कता आपनाउनु भयो भने यो रोग लाग्दा साधारण रुगा लागे जस्तो मात्र हुन्छ र आफै निकोपनि हुन् सक्छ। याद गर्नुहोस्, अहिले सम्म यो रोग निको हुने औषधि बनिएको छैन। -एजेन्सीको सहयोगमा