परम्परादेखि नै हाम्रो समाजमा बिरेनुनको प्रयोग गरिदैं आएको छ । त्यसैले हामीमाझ बिरेनुन नचिन्ने सायद कमै मात्रामा होलान् ।
अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि बिरेनुनसहितको पानी बनाएर औषधीका रुपमा दिने गर्थे । तर, यो घरेलु ओखतीको ठाउँ आजभोली आधुनिक औषधिले दिइसकेको भएता पनि वैज्ञानिकहरुले बिरेनुनमा दर्जनौँ रोगहरुबिरुद्ध लड्नसक्ने क्षमता रहेको औंल्याएका छन् ।
पहिले–पहिले हाम्रो गाउँघरतिर साना केटाकेटीहरुलाई पेट फुल्दा(ढाँडिदा), पेट दुख्दा लगायतका पेट सम्बन्धि समस्याहरु हुँदा औषधिको रुपमा बिरेनुन खुवाउँने गरिन्थ्यो ।
यसका फाइदाहरू यस्ता छन्ः
१. मोटोपन घटाउँन–
यसले पाचन शक्तिलाई बढाई शरीरको कोशिकाहरुमा पोषण पुर्याउँछ । जस्ले गर्दा मोटोपन घटाउनमा मद्धत मिल्छ ।
२. पाचनशक्तिमा सुधार–
बिरेनुनमा रहेको खनिज पदार्थले हाम्रो पेटभित्र रहेको हाइड्रोक्लोरिक एसिड र प्रोटिनलाई पुर्याउने इन्जाईमलाई उत्तेजित बनाउनमा मद्धत गर्दछ । फलस्वरूप यस्ले पाचन शक्तिमा सुधार आउँछ ।
३. यो सजिलै शरीरमा समायोजन हुनसक्ने भएकोले यसले डिहाइड्रेशनबाट बचाउँछ ।
४. हाडजोर्नी तथा मांसपेशीको दुखाईबाट आराम–
यदि तपाईलाई हाडजोर्नी तथा मांसपेशी दुखाई सम्बन्धि समस्या छ भने पनि तपाईलाई बीरेनुनको प्रयोगले आराम दिलाउँछ । यस अवस्थामा तपाईले एउटा नरम कपडामा १ कप जति बीरेनुन हालेर त्यसलाई बाँधी पोका बनाउनुहोस् । त्यसपछि यसलाई ताप्केमा वा अन्य कुनै भाडामा राखेर हल्का तताउनुहोस् । र यसलाई दुखेको ठाउँमा राखेर सेकाउनुहोस् ।
५. टाउकोको कोषिकाहरुलाई पुनर्जि्वित बनाउनुका साथै एकाग्रतामा सुधार ल्याउनुका साथै मीठो निन्द्रा निमत्याउँछ ।
६. कोलेस्ट्रोलको नियन्त्रण–
बीरेनुनको प्रयोगले शरीरमा रहेको अनावश्यक कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्दछ । यसले रगतलाई सव्च्छ बनाई शरीरलाई आराम प्रदान गर्दछ । र उच्च रक्तचाप नियन्त्रण हुने गर्छ ।
७. नियमित रुपमा यो नुन प्रयोग गर्नाले छाला चाउरीन पाउँदैन । साथै छालामा दुख दिने खटिरा तथा डण्डीफोर आउन पाउँदैन ।
८. स्वासप्रश्वास संबन्धी समस्याहुनेहरुका लागि यो बिरेनुनको प्रयोग अति लाभदायक हुन्छ ।
९. बढ्दो उमेरका केटाकेटीहरुका लागि यसले हड्डी बलियो बनाउन मद्धत पुर्याउँछ ।
१०. शरीरको संपुर्ण शक्ति, मुड तथा सकारात्मक बिचारको विकासमा यसको देन प्रशंसनिय छ ।