काठमाडौं जिल्लामा भरी मात्रै दैनिक १५ सयभन्दा बढी कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिन थालेका छन् । जिल्लाभित्र पनि काठमाडौं महानगरपालिका संक्रमणको ‘हट स्पट बन्न सक्ने अनुमान लाउन थालीएको छ।
कोरोनाको सुरुवात काठमाडौंबाटै भए पनि पहिलो लहर तराई क्षेत्रबाट फैलिएको थियो । त्यसको केही महिनापछि मात्रै काठमाडौंमा संक्रमणको ग्राफ उकालो लागेको थियो । यसपटक भने शुरुमै अति प्रभावित जिल्लाका रुपमा काठमाडौं परेको र संक्रमणको गति तिव्ररुपमा बढिरहेको सहजै भन्न सकिन्छ ।
पहिलो पटको कोरोना सिमानाबाट भित्रीएको आसंका थियो तर यसपटक भने समुदायभित्रै नजानिँदो पाराले संक्रमण फैलिएर कोरोनाकोे ग्राफ उकालो लागेको हो ।
काठमाडौंका ३२ वटा वडामा ३७ हजार २२२ जना कोरोना संक्रमित भइसकेका छन् ।







हाल काठमाडौंमा होम आइसोलेसनमा १ हजार ४४४ जना छन् । संस्थागत आइसोलेसनमा ३४ जना छन् । संक्रमणका कारण महानगरभित्र हालसम्म २६० जनाको मृत्यु भइसकेको छ ।
यहाँ सक्रिय संक्रमितको संख्या १ हजार ५७२ जना रहेको महानगरपालिकाले बताएको छ ।
संक्रमण दर तिव्ररुपमा बढ्दा काठमाडौं उपत्यकाका अस्पतालहरुमा बिरामीले हत्तपत्त भर्ना पाउने अवस्था छैन । काठमाडौं उपत्यकाका अस्पतालहरुमा देशभरका विभिन्न ठाउँबाट संक्रमितहरु उपचारका लागि आउने गरेका कारण पनि यहाका बिरामीले बेडपाउन सकस परेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।