मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

संक्रमितलाई बेड दिन सरकारले नसक्ने,अस्पतालमा राखेर हेरचाह गर्ने अबस्था रहेन


  • KTM Khabar
  • शनिबार, बैशाख १८ २०७८
9.6K
SHARES

फाईल तस्बिर

काठमाडौं उपत्यकासहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’

मन्त्रालयको शुक्रबारकै तथ्यांकअनुसार हाल ३६ हजार १३५ सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा २६७८ जना छन् भने आईसीयूमा ३३१ र भेन्टिलेटरमा ११५ जना छन् । यति संक्रमित हुँदा नै अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भनेर सरकारले हात उठाउनु नालायकीपन भएको र यसले जनतामा त्रास मात्र फैलाउने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

सरकारको यस्तो अपिललाई सरोकारवालाहरूले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भन्दै फिर्ता लिन सुझाव दिएका छन् । सरकारले नै यसरी हात झिकेपछि सर्वसाधारण नागरिकको जीवनरक्षा गर्ने दायित्व कसको हो र कसको भरोसामा महामारीसँग लड्ने ? भन्ने गम्भीर प्रश्न उब्जिएको छ जनस्वास्थ्यविद् बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा