पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २९ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २४ सय ४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ जनामा गरी कुल २९ सय ५६ जना थपिएको जानकारी दिएका हुन् ।
यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १५ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।