हाम्रो हिन्दु धर्म ग्रन्थले हामिलाई कसरी खाने,बस्ने,उठ्ने बिषयमा धेरै भन्दा धेरै कुराहरु सिकाएका छन । यस्तै खाना खादा कता फर्केर खादा राम्र्रो हुन्छ भन्ने बिषयमा पनि हामिलाई पाठ सिकाएको छ ।
प्राच्यां नरो लभेदायुर्याम्यां प्रेतत्वमश्रुते ।
वारुणे च भवेद्रोगी आयुर्वित्तं तथोत्तरे।।
माथिको स्लोक अनुसार, पूर्व फर्केर भोजन गर्दा आयु बढ्छ । दक्षिण फर्केर भोजन गर्दा प्रेत तत्वको प्राप्तिहुन्छ । पश्चिम फर्केर भोजन गर्दा रोगी हुन्छ । उत्तर फर्केर भोजन गर्दा आयु र धन प्रप्ति एवं बृद्धि हुन्छ ।
हाम्रो सस्कार अनुसार पूर्व फर्केर अनि उत्तर फर्केर भोजन गर्दा राम्रो हुने बताईएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।