सोमबार, माघ २३ २०७९
ताजा अपडेट

भोजनको नियम, कुन सिजनमा के खाने ?


  • KTM Khabar
  • शुक्रबार, बैशाख १७ २०७८
9.7K
SHARES

फाईल तस्बिर

हामीले खाएका हरेक कुराहरुले हाम्रो जीवनमा प्रभाव पारिरहेको हुन्छ । खाएका वस्तुहरु धेरै मलमूत्रको रुपमा निश्कासन भए पनि त्यसको रसहरुले हाम्रो शरीर बढ्ने र शक्ति दिने गर्दछ ।

यही खाएको वस्तु अनुसारको नै बुद्धिको विकास हुने गर्छ । त्यसकारण बुद्धि भ्रम गराउने नशालु वस्तुहरु खानको लागि आयुर्वेद आदिमा निषेध गरिएको छ ।

प्रकृतिले मौसम अनुसार विभिन्न अन्नउत्पादन दिएको छ । जाडो वा गर्मी उत्पादन हुने अन्न, फलफूल, सागसब्जीले हामीलाई त्यही मौसममा हुनसक्ने संभावित समस्याबाट बचाउँछ । बाषिर्क चक्र अनुसार नै विभिन्न फल, अन्न, सागसब्जी उत्पादन हुन्छ । यसरी मौसमी रुपमा प्राकृतिक रुपले उत्पादन भएका खानेकुराले शरीरमा आवश्यक पोषक तत्व प्रदान गर्छ ।

हरेक ऋतुका लागि सोहि अनुसारको खानेकुरा प्रकृतिले दिएको छ । यसरी प्राकृतिक रुपमा उत्पादन भएको मौसमी खानेकुराले हामीलाई संभावित रोगबाट बचाउँछ ।

शिशिर ऋतु

यस मौसममा मुँगको दालको खिचडी, अदुवा वा यस्तै गरम प्रकृतिको भोजन गर्नुपर्छ । चटपटे, चिसो खानेकुरा सेवन गर्नु हुँदैन ।

बसन्त ऋतु

यस मौसमा जौ, चना, गहुँ, मूँग, मसुरको दाल, वैगुन, मुला, परवल, करेलाको सब्जी खानुपर्छ । साथै केरा, सुन्तला, अवला सेवन गर्नुपर्छ । मेथी, जीरा, हिंग, काक्रा आदि पनि लाभदायक हुन्छ ।

ग्रीष्म ऋतु

पुरानो गहुँ, जौ आदि उपयोगी हुन्छ । दुधजन्य परिकार, आँप, करेला, परवल, तरबुजा सेवन गर्नुपर्छ ।

वर्षा ऋतु

खीर, दही, खिचडी एवं हल्का र सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । यस सिजनमा पाचन शक्ति कमजोर हुन्छ । त्यसैले गरिष्ठ एवं मसलेदार, चिल्लो, पिरो खानेकुरा सेवन गर्नु हुँदैन ।

शरद ऋतु

शीत ऋतुमा खाएको कुरा सजिलै पच्छ । यतिबेला गरिष्ठ भोजन पनि पचाएर शरीरले शक्ति ग्रहण गर्छ । तातो दुध, घिउ, गुड, मिश्री, अमला, कागति, अनार, नरिवल, गोभी सेवन गर्नु राम्रो हुन्छ ।

हेमन्त ऋतु

यो सिजनमा पौष्टिक एवं भिटामिनले भरपुर खानेकुरा सेवन गर्नुपर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा