मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

पूर्वरानी कोमललाई प्लाज्मा दिइयो, अवस्था सुधारोन्मुख


  • KTM Khabar
  • शुक्रबार, बैशाख १७ २०७८
7.8K
SHARES

फाइल तस्विर

कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा दिइएको छ। बिहीबार नर्भिक अस्पतालले उनलाई प्लाज्माद्वारा उपचार गरेको हो।

शाहको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

‘बिहीबार साँझ हामीले प्लाज्मा दियौं, अहिले अवस्था सुधारोन्मुख छ,’ उपचारमा संलग्न डा. जेपी जैसवालले भने।
उनका अनुसार आइसियूमै राखेर पूर्वरानी शाहको उपचार भइरहेको छ।

उनलाई अहिले प्रतिमिनेट १० लिटर अक्सिजन दिइएको छ।

प्लाज्मा दिइए पनि अवस्था पूरै सुधार नभएसम्म अक्सिजन हटाउन मिल्दैन,’ जैसवालले भने।

भारतको हरिद्वारबाट फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमललाई कोरोना संक्रमण भएको थियो।

वैशाख ७ गते उनीहरू नर्भिकमा भर्ना भएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा