मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

दिपक मनाङे, पूर्व गुण्डानाइके देखी मन्त्री सम्मको छलाङ


  • KTM Khabar
  • बिहिबार, बैशाख १६ २०७८
13.4K
SHARES

फाइल तस्विर

पूर्व गुण्डानाइके दिपक मनाङे उर्फ राजीव गुरुङ मन्त्री बनेका छन् । गण्डकी प्रदेशमा सत्ताको ताना तान खेलको परीणाम मनाङे मन्त्री भएका हुन ।

गण्डकी सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान हुने दिन हिजो मनाङे संसदमा अनुपस्थित भएका थिए । अविश्वास प्रस्तावको पक्षमा भोट हाल्ने बताएका उनी मोबाइल स्वीच अफ गरेर अलप भएपछि कुनै पुरस्कार पाउने लख काटिएको थियो । नभन्दै उनले भोलीपल्टै मन्त्री पदको सपथग्रहण गरे ।

नेपालमा अपराधिक पृष्ठभूमि भएका व्यक्तिहरु राजनीतिमा आएर सांसद भएका उदाहरणको कमी छैन । ६ जनाको ज्यान जाने गरी भएका बम विष्फोटका प्रमुख अभियुक्त बबनसिंह देखि टिकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरीसम्म चुनाव जितेर माननीय भएका उधाहरण हामी सामु छन । तर, माननीयभन्दा अघि बढेर दिपक मनाङेले सांसद मात्र हैन मन्त्री पदमा पदासिन भएका छन ।

गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्रालयको बागडोर पाएका मनाङेसँग त्यहाँका जनतालाई सायदै केही आशा होला । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि मनाङेमा कुनै ‘पोटेन्सियल’ देखेर मन्त्री बनाएका अवश्य होइनन् । प्रदेशसभामा एक भोटका लागि उनले यो अलोकप्रिय निर्णय लिएको प्रष्टै छ ।

गुण्डा नाईकेको परीचय बाट मन्त्रीमा छलाङ

दिपक मनाङे नेपालीहरुले सुन्दै आएको नाम हो, तर असल कारणले होइन । ‘गुण्डानाइके’ का रुपमा परिचित थिए ।
५० को दशकदेखि काठमाडौंको ठमेल केन्द्रित गतिविधिबाट उनी चर्चामा आएका हुन् । ०५०(५१ सालतिर उनी ठमेलका होटल(रेस्टुरेन्टहरुमा हप्ता असुली गर्थे । ठमेलका रेस्टुरेन्ट व्यवसायीबाट सलामी उठाउने क्रममा मनाङे पटक–पटक पक्राउ पर्थे अनि छुट्थे ।

गुण्डागर्दी तथा व्यवसायका क्रममा अर्का गुण्डानाइके चक्रे मिलनसँग मनाङेको दुश्मनी सुरु भएको थियो । २०६१ सालमा चक्रे मिलनलाई धारिलो हतियारले प्रहार गरेको अभियोगमा पक्राउ परेका मनाङे केही समय जेल बसेर छुटेका थिए । ग्याङ फाइटका क्रममा मनाङेले चक्रेको हात छिनाइदिएका थिए ।

सोही मुद्दामा २०६९ साल साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई  पाँच वर्ष जेल सजाय सुनाएको थियो । तर, लामो समय गोप्य राखिएको फैसला पाँच वर्षपछि २०७४ साल माघ २ गते सार्वजनिक भयो । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
अन्ततः २०७५ वैशाख ६ गते उनी पक्राउ परे, जतिबेला उनी चुनाव जितर गण्डकी प्रदेश सभाको सांसद बनिसकेका थिए । उनलाई स्वयम्भूको तीनधारा क्षेत्रबाट पक्राउ गरिएको थियो । २०७५ साल पुस ५ गते सर्वोच्चको आदेशमा उनी रिहा भए । त्यसपछि उनले प्रदेश सभा सदस्यको सपथ खाएका हुन् ।

मनाङे एक हजार चार सय १० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए ।

जस्तो सुकै पृष्ठभुमीबाट आए पनि,अब उनि मन्त्री बनेका छन आगामी दिनमा उनको काम जनताले हेरेर मुल्यांकन गर्ने छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा