रुसले नेपाललाई आगामी डिसेम्बरभित्र कोभिड-१९ विरुद्धको ८० लाख डोज स्पुतनिक-५ खोप उपलब्ध गराउने भएको छ ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले तत्कालका लागि ४० लाख डोज मागिएको र डिसेम्बरभित्र ८० लाख डोज खोप आउने जानकारी दिए ।
खोपको मूल्य लगायतका विषयमा भने टुंगोमा पुग्न बाँकी रहेको उनले जनाए । बुधबार मन्त्री त्रिपाठी र मस्कोबाट काठमाडौं आइपुगेको स्वास्थ्य टोलीबीच खोप आपूर्तिको बारे छलफल भएको थियो ।
रुसबाट सरकार-सरकार (जीटुजी) प्रक्रियाबाट त्यहाँ उत्पादित खोप स्पुतनिक-५ ल्याउने निर्णय गरेर सरकारले छलफल प्रक्रिया अघि बढाएको थियो । गत बैशाख ७ गते औषधी व्यवस्था विभागले रुसी खोपलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिइसकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।