मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

सरकारी अस्पतालमा गम्भीर प्रकृतिका संक्रमित भर्ना लिनै छाडियो, उपचारका लागि निजीमा जानुपर्ने बाध्यता


  • KTM Khabar
  • बिहिबार, बैशाख १६ २०७८
11.1K
SHARES

सांकेतिक तस्बिर

प्रदेश १ मा सरकारीस्तरमा सञ्चालित कोरोना विशेष अस्पतालले कोरना संक्रमित नयाँ बिरामीलाई भर्ना लिन छाडेका छन् । अस्पताल आउने सबैजसो गम्भीर प्रकृतिका बिरामी भएकाले त्यस्ता बिरामीका लागि आवश्यक अक्सिजनसहितको बेड अभाव देखाउदै भर्ना लिन छाडिएको समाचार बाहीरिएका छन ।

सरकारी अस्पतालमा भर्ना लिन छाडेपछि निजी अस्पतालमा सञ्चालित कोभिड–१९ उपचार केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ । प्रदेश १ का तीन ठुला अस्पतालले अहिले छुटै कोभिड उपचार केन्द्र सञ्चालन गरी संक्रमितहरुको उपचार गरिरहेका छन् ।

झापाको बिएण्डसी, विराटनगरको नोबेल र विराट शिक्षण अस्पतालले सञ्चालनमा ल्याएको कोभिड युनिटमा गम्भीर खालका संक्रमितहरु भर्ना भएका छन् । उनीहरुलाई अक्सिजनको सहायतामा उपचार गरिरहेको ती अस्पतालले जनाएका छन् ।

सारकारी अस्पतालमा बेड छन तर सुबिधा छैनन, बिरामीलाई चाहीले अक्सिजन छैनन त्यसैले आम सर्बसाधारण बाध्य भएर निजी अस्पताल जनुपर्ने अबस्था छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा