गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको स्रोतले बताउछ ।
सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो ।
मुख्यमन्त्रीनिकट स्रोतका अनुसार आजै नवनियुक्त मन्त्रीलाई केहीबेरमा सपथ गराइँने छ । ‘आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ । आजै सपथ ग्रहण हुनेछ,’ स्रोतले भन्यो, ‘कुन मन्त्रालय कसलाई दिने भन्ने खुलेको छैन ।
सरकारविरुद्ध अविश्वास संसदमा ‘पेन्डिङ’ रहेका बेला मुख्यमन्त्रीले मन्त्रीपरिषद बिस्तारको तयारी गरेका हुन् । सरकार जोगाउने मुख्यमन्त्रीको रणनीतिका रुपमा यसलाई हेरिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।