सोमबार, माघ २३ २०७९
ताजा अपडेट

साउदीबाट काठमाडौं आएको हिमालय एयरको जहाजमा कोरोना संक्रमित फेला


  • KTM Khabar
  • बिहिबार, बैशाख १६ २०७८
6.9K
SHARES

फाइल तस्विर

हिमालय एयरलाइन्सको जहाज चढेर साउदी अरबियाको दमाङबाट काठमाडौं आएका एक यात्रुलाई कोरोना संक्रमण देखिएको छ ।

विमानबाट ओर्लिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्दा संक्रमण पाइएपछि उनलाई अस्पताल लगिएको छ ।

दिउँसो १२:३९ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइट नम्बर एच ९-५६६ कलसाइनको सो जहाजमा १३७ यात्रु रहेको बताइएको छ ।

संक्रमितको वरपरका पाँचवटा रोको सिटमा रहेका २२ जनालाई आइसोलेसनका लागि सीधै होटल लगिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा