मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

साताको अन्तिम कारोबार दिन अधिकांश उपसूचक हरियो


  • KTM Khabar
  • बिहिबार, बैशाख १६ २०७८
7K
SHARES

फाईल तस्बिर

साताको अन्तिम कारोबार दिन नेप्सेका अधिकांश उपसूचकहरु हरियो भएर बन्द भएका छन्। कारोबारमा आएका १३ उपसमूहका सूचकहरुमध्ये यस दिन ११ उपसमूहका सूचकहरु बढेर बन्द भएका छन्।

जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको विशाल बजार कम्पनीको शेयरमूल्य बढेसँगै व्यापार उपसमूहको परिसूचक बढेको हो। त्यसैगरी, अधिकांश जलविद्युत कम्पनीहरुको शेयरमूल्य बढेपछि यस उपसमूहको परिसूचक पनि बढेको हो।

यस दिन अन्य उपसमूहको परिसूचक २.५४ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधनको १.८४ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक भने सामान्य घटेको छ।

कारोबारमा आएको नारायणी विकास बैंकको यस दिन सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ३० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बिहीबार नेप्से परिसूचक १ प्रतिशत अर्थात २५.८२ अंक बढेर २६११.१० विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.८४ प्रतिशत बढेर ४६९.०२ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन नेप्सेमा २१७ कम्पनीको ५० हजार ६७३ पटकको कारोबारमा ४ अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँ बराबरको ९८ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा