मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

निषेधाज्ञा अवधिमा पनि उपत्यकाका पेट्रोल पम्प खुला रहने


  • KTM Khabar
  • बिहिबार, बैशाख १६ २०७८
7.7K
SHARES

बिहीबारबाट सुरु निषेधाज्ञामा पनि उपत्यकाका पेट्रोल पम्प खुला रहने भएको छ । निषेधाज्ञाको बेला सञ्चालनमा आउने अत्यावश्यक ढुवानीलाई इन्धन वितरण सहज बनाउन पेट्रोलियम पदार्थको बिक्री वितरण जारी राख्ने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ ।

उपत्यकामा पेट्रोलियम पदार्थको बिक्री नियमित गर्न बागमती प्रादेशिक डिपो थानकोटलाई निर्देशन दिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । ‘निषेधाज्ञाको समयमा पनि पम्पहरु सञ्चालनमा आउने छन्, अत्यावश्यक सेवाका सवारीले इन्धन अभाव झेल्नुपर्ने छैन,’ पौडेलले अनलाइनखबरसँग भने । साथै देशैभर केहीदिनदेखि पेट्रोलियम पदार्थको खपत र मौज्दात बढेको भन्दै उनले इन्धनको आपूर्तिमा कुनै समस्या नरहेको र इन्धन पाइँदैन कि भन्ने चिन्तामा नपर्न उपभोक्तालाई आग्रह समेत गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा