मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

विमानस्थलमा सीसीएमसीको अनुगमन, मापदण्ड पालना नगरे उडान रोक्ने चेतावनी


  • KTM Khabar
  • बिहिबार, बैशाख १६ २०७८
9.1K
SHARES

फाइल तस्विर

सरकारले सार्वजनिक यातायात बन्द गरेपनि हवाई यातायात सेवा बन्द गरेको छैन । विमानस्थलमा यात्रु व्यवस्थापनबारे बिहीबार ‘कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी)का अधिकारीले त्रिभुवन विमानस्थलको स्थलगत अनुगमन गरेको छ ।

अनुगमनपछि तोकिएका सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सचेत गराइएको नेपाल सरकारका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले जानकारी दिए ।‘हाम्रो टोलीले मापदण्ड पालना गर्न सचेत गराएको छ,’ उनले भने, ‘विमानस्थलबाटै कोभिड सर्ने अवस्था भयो भने उडान बन्द गर्नुपर्ने हुन्छ ।’

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुधबारको तुलनामा बिहीबार उडान संख्या भने उल्लेख्य घटेको छ । बुधबार १५ हजार २ सय ६३ जना आन्तरिक हवाई यात्रुले जहाज चढेका छन् ।

आज यसको तुलनामा ५० प्रतिशत मात्र यात्रु हुने अनुमान छ । बुधबार कुल १४९ उडान अवतरण भएका थिए । यता, वायुसेवा कम्पनीहरुले भने भने सामाजिक दूरी कायम गर्नेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान भइरहेको बताएका छन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार कम्पनीहरुले मास्क अनिवार्य गरेका छन् भने फेससिल्ड वितरण गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा