सोमबार, माघ २३ २०७९
ताजा अपडेट

आफ्नो विषयमा भ्रामक प्रचार भयो, म पार्टीको निर्णयप्रति प्रतिवद्ध छु : खिमविक्रम शाही


  • KTM Khabar
  • बिहिबार, बैशाख १६ २०७८
10K
SHARES

फाइल तस्बिर

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताए ।

बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । त्यही कारण सभामुखले प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

शाहीले पनि सदनमा जाने तयारी गरिरहेका बेला अचानक बिरामी भएको र भाइले अस्पताल लगेको बताएका छन् । शुक्रबार अस्पतालबाट वक्तव्य जारी गर्दै राष्ट्रिय जनमोर्चाका सांसद शाहीले भनेका छन्, ‘म अहिले उपचाररत छु, हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु ।’

आफ्नो विषयमा भ्रमक प्रचार भएको समेत उनले बताएका छन् । पार्टी र संसदीय दलबाट भएको निर्णयमा आफ्नो पनि सहभागिता रहेको भन्दै उनले भनेका छन्, ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिवद्धता कायमै छ ।

हेर्नुहोस् सांसद शाहीको विज्ञप्ति


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा