सोमबार, माघ २३ २०७९
ताजा अपडेट

गण्डकीमा राष्ट्रिय जनमोर्चाको सतित्व हरण भयो : रामचन्द्र पौडेल


  • KTM Khabar
  • बिहिबार, बैशाख १६ २०७८
9.4K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज एक अनलाई संग कुरा गर्दै गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टीको ‘सतित्व हरण’ भएको आरोप लगाएका छन् ।

जनमोर्चाका सांसद बिरामी भएर आईसीयूमा भर्ना भएको घटनामा उनले विभिन्न आशंका व्यक्त गरेका हुन ।

पौडलले भनेका छन, ‘राजमो नीति-सिद्धान्तमा अड्ने पार्टी मानिएको थियो । तर, गण्डकीमा उसको सतित्व हरण भयो ।’

बिरामी भनिएका सांसद खिमविक्रम शाहीको दुईथरि कोरोना रिपोर्ट आएकोमा विषयमा छानविन हुनुपर्ने उनले बताए । शाहीलाई सांसद पदमा एक मिनेट पनि राख्नु नहुने पौडेलको माग छ ।

‘बिरामीको किर्ते रिपोर्ट बनाएर आईसीयूमा लुकाइएको छ । त्यहाँ डेमोक्रेसीको माखोल उडाउने काम भयो । यस्ता अलोकतान्त्रिक षडयन्त्रको गम्भीर छानविन हुनुपर्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा