निरन्तर ओरालो लागेको सुनको मूल्य बढेको छ । बैशाख १६ गते, बिहीबार सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन भने सुनको मूल्य ७०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बिहीबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार ३०५ रुपैयाँमा झरेको थियो ।
देशका प्राय स्थानमा काेराेना भाइरसका कारण जारी भएकाे लकडाउनले गर्दा व्यवसाय ठप्प रहेकाे छ । यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघकाे कार्यालय निषेधाज्ञा अवधिभर बन्द रहने पनि महासंघले जानकारी दिएकाे छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।