याद गर्नु भएको छ, विवाह अघि दुब्लो पातलो मानिस पनि विवाहपछि मोटाउने गर्दछन् । अधिकाशं विवाहितहरु विवाह अघिको दाँजोमा मोटोपन बढेको हुन्छ । तर किन ?
बिहेपछि अचानक मानिसको तौल वृद्धि हुनुमा खानपान र जीवनशैली प्रमुख कारण हो । विवाहित दम्पती अविवाहितको दाँजोमा राम्रो खाना खान्छन् ।
विवाहअघि मानिसहरु विवाहिताको जस्तो सन्तुलित र समयमा भोजन गर्दैनन् । तर विवाहपछि उनीहरुको भोजनको समय र खाने परिकार पनि बदलिन्छ । जसले बिस्तारै मोटोपन बढ्दै जान्छ ।
साथै विवाहपछि मानिसको दौडधुप, खेलकुद, व्यायामको गतिविधि पनि कम हुन्छ । जसले उनीहरूमा तौल वृद्धि गराउँछ ।
यहि कारण हो अविवाहितको तुलनामा विवाहितहरुमा मोटोपना बढि हुन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।