प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आइसोलेसनमा नभएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी ओलीलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा बसेको भनेर गलत समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन् ।
उक्त समाचारको खण्डन गर्दै उनले मिडियाले भ्रम प्रचार गरेको भन्दै यो प्रचार नियोजित भएको जिकिर गरेका छन् ।
त्यस्तै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले पनि प्रधानमन्त्रीसँग केही मन्त्रीहरुले छलफल गरेको फोटो सार्वजनिक गर्दै त्यस्तो समाचार भ्रमपूर्ण भएको बताएका हुन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।