शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोमल शाहलाई आइसियूमा सारियो, प्रतिमिनेट १० लिटर अक्सिजन दिइँदै


  • बिहिबार, बैशाख १६ २०७८
11.6K
SHARES

फाइल तस्विर

कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो ।

‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो प्रतिमिनेट १० लिटर अक्सिज अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ नर्भिक अस्पतालले भनेको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणाको उपचार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ ।

अस्पतालका अनुसार ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा