शनिबार, साउन ३० २०८३
ताजा अपडेट

रेशम चौधरीको मुद्दा फिर्ता गर्न मिल्दैन, हुँदैन पनि: महान्यायाधीवक्ता बडाल


  • बुधबार, बैशाख १५ २०७८
19.3K
SHARES

फाइल तस्बिर

महान्यायाधीवक्ता रमेश बडालले संविधान निर्माणअघि भएको मधेस आन्दोलनका बेला कैलालीको टीकापुरमा सात प्रहरीको हत्या आरोप लागेका जनता समाजवादी पार्टीका नेता रेशम चौधरीको मुद्दा फिर्ता नहुने बताएका छन्।

बुधबार आफ्नै कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले संविधान र कानुनअनुसार चौधरीको मुद्दा फिर्ता नहुने बताएका हुन्।

‘जिल्ला, पुनरावेदन अदालतले समेत फैसला गरिसकेको उक्त मुद्दा फिर्ता हुन्न। बरू हामीले उनको मुद्दामा उच्च अदालतको फैसला चित्त बुझाएर बसेका छौं। सर्वोच्चमा पुनरावेदन गर्दैनौं,’ उनले भने।

संविधान बन्नुअघि नागरिकता, एक मधेश एक प्रदेश लगायत माग राख्दै भएको आन्दोलनमा हिंसा भड्किएपछि कैलालीको टीकापुरमा सात सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए। त्यही घटनामा चौधरी लगायत जसपाका केही कार्यकर्ता जेलमा छन्।

चौधरीको मुद्दा फिर्ता लिन कानुनी अड्चन रहेको महान्यायाधीवक्ताले बताएका हुन्।

सरकारले चौधरीको मुद्दा फिर्ता लिन मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ को (८) ले नदिने उनले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा