सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

सांसद हराएको भन्दै गण्डकी प्रदेशसभाको कारबाही रोक्न माग


  • बुधबार, बैशाख १५ २०७८
13.9K
SHARES

फाईल तस्बिर

राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै बुधबारको गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको छ ।

संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा उनी नभेटिएसम्म संसदको कारबाही रोक्न माग गरेकी हुन् ।

सांसद थापाले मंगलबार संसदीय दलकाे बैठक बसेर अविश्वासकाे प्रस्तावका पक्षमा एक भएर जाने छलफल भएकाे तर शाही बुधबार एक्कासी सम्पर्कविहीन भएको बताए । ‘हिजाे एक भएर जाने निर्णय भएकाे थियाे, आजके भएर आउनु भएन, कतै बिरामी पाे हुनुभयाे कि खाेज्नुपर्‍यो’ उनले भनिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा