शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बागमतीको मन्त्रिपरिषद् विस्तारमा सल्लाहसमेत गरिएन : माधव समूह


  • बुधबार, बैशाख १५ २०७८
17.3K
SHARES

फाईल तस्बिर

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेताहरुले मन्त्रीबाट राजीनामा दिएका थिए ।

रिक्त रहेको मन्त्रालयमा मुख्यमन्त्री पौडेलले नयाँ मन्त्रीहरुलाई बुधबारै शपथ गराउँदैछन् । स्रोतका अनुसार एक साता अगाडि नै मन्त्रिपरिषद् विस्तारको तयारी भएपनि रोकिएको थियो ।
मन्त्रिपरिषद् विस्तार कसरी गर्ने भन्नेमा छलफल गर्न मुख्यमन्त्री पौडेल रोकिएका थिए । तर, बुधबार उनले अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुलाई मात्रै मन्त्री बनाउने तयारी गरेका छन् । जबकि २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र पुनस्र्थापना भएपछि मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्तावसमेत रोकिएको थियो ।

तर, मुख्यमन्त्री पौडेलले माधव नेपाल समूहसँग छलफलसमेत नगरी मन्त्रिपरिषद् पुनर्गठन गरिएको माधव नेपाल समूहका नेता अरुण नेपाल बताउँछन् । ‘पार्टीभित्रको समस्या हामी सबैलाई थाहा छँदैछ । तर, सामान्य छलफलसमेत नगरी एक्लौटी मन्त्रिपरिषद् पुनर्गठनले राम्रो गर्दैन,’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा