नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएर उपचाररत छन्।
पिसाबमा इन्फेक्सन र सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।
‘आमालाई २ दिन देखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ। अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ’, उनकी छोरी तथा प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले भनिन्।
दाहालको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।