गण्डकी प्रदेश सभामा सरकार सञ्चालन गरिरहेको दलले पिसिआर परीक्षण गर्नुपर्ने माग राख्दै संसद बैठक अवरोध गर्यो ।
सत्तामा आफै बस्ने अनि पिसिआर परीक्षण हाम्रो भएन भन्दै आफै संसद चल्न नदिनुले सरकारको निकम्मा पन मात्र देखाएन सत्ताधारीहरुनै कोरोना परीक्षण गर्न नपाउनुले सामान्य जनताको अबस्था के होला भन्ने यथार्थ देखिएको छ ।
सत्तारुढ दलले नै स्वाब परीक्षण गर्नुपर्ने माग राखेर संसद बैठक नै अवरुद्ध गर्ने स्थिति रह्यो भने सामान्य नागरिकको हालत के होला ? गम्भिर प्रस्न खडा भएको छ ।
जनताले अक्सिजनसमेत लगाउन नपाएर भौंतारिरहनु परेको अवस्थामा सरकार सञ्चालन गरिरहेको दल भने आफूहरुको कोरोना परीक्षण ज नभइ बैठक चल्न नदिने भनेर जनता हँसाउने लाजमर्दो काम गण्डकी प्रदेशका सत्ताधारीहरुले गरेका छन ।
कोरोना परीक्षण गर्नु उपयुक्त एजेण्डा हुँदाहुँदै पनि मुख्यमन्त्री विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्ताव छल्ने गलत तरिका गरेको कांग्रेस संसदीय दलका नेताले बताएका छन । तर, यसअघि कोरोनाकै विषयमा पटक पटक संसद अवरुद्ध गर्नेदेखि विशेष अधिवेशन बोलाएर साझा संकल्प बनाएको विपक्षी दल पनि सत्ताको खेलमा रमाइरहेको देखिन्छ ।
सत्ताधारीहलेनै परीक्षण नपाउने हो भने आम सर्बसाधारणको हालत के होला भन्ने आम चासोको बिषय बन्दै आएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।