शनिबार, साउन ३० २०८३
ताजा अपडेट

गण्डकी प्रदेशसभा : कोरोना पोजेटिभ सांसदले भोट हाल्न पाउने बोल्न नपाउने


  • मंगलबार, बैशाख १४ २०७८
16.3K
SHARES

सांसदहरूले कोरोना परीक्षण गर्न पाउने निर्णय भएसँगै गण्डकी प्रदेशसभाको बैठक नियमित भएको छ । सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले सांसदहरूको कोरोना परीक्षण गर्न माग गरेर बैठक केहीबेर अवरुद्ध गरेका थिए ।

सांसदहरूको कोरोना परीक्षण र नतिजा आउन्जेलसम्मको अवधि कुर्दै भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

मंगलबार बसेको कार्य व्यवस्था समितिको बैठकले आज साँझसम्म सबै सांसदको पीसीआर परीक्षण गर्ने, पोजिटिभ आएकाले सदनमा बोल्न नपाउने तर भोटिङ गर्न पाउने निर्णय गरेको एमाले सांसद कृष्ण थापाले जानकारी दिए ।

पोजिटिभ भएका सांसदले भोटिङ गर्ने व्यवस्था प्रदेशसभा सचिवालयले गर्ने निर्णय भएको छ,’ उनले नेपाल प्रेससँग भने ।

‘कर्मचारी, सुरक्षा, चालक, सांसद सबैको स्वाब परीक्षण गर्ने, भोलि १ बजेसम्म रिपोर्ट आइसक्नुपर्ने निर्णय भएको छ । संसद आउन जान परिवारले नै व्यवस्था गर्नुपर्ने छ । रोष्ट्रममा गएर बोल्न भने पाइने छैन ‘, जसपा सांसद हरिशरण आचार्यले भने ।

प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव हिजो पेस गरिएको छ । भोलिको बैठकमा मतदानको कार्यसूची छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा