प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक टेलीभिजन कार्यक्रममा अन्तरबार्ता दिदै, प्रचण्डको बिभाजनकारी शैली रहेको र जहाँ जान्छन फुटाउ र राज गर भन्ने मान्यतामा हिड्ने जिकिर गरेका छन ।
अब प्रचण्ड संग कुनै सहकार्यको संभाबना नरहेको बताएका छन । संबादको क्रममा प्रधानमन्त्री भन्छन प्रचण्डले बिप्लब संग, मोहन बैद्य संग,बाबुरामजीहरु संग त्यस्तै बादलजी हरु संग बिभाजन गर्नु भयो उहाँको बिभाजनको शैली रहेको र यहा ल्याएर रोक्न सकिन्छ भन्ने लागेको तर प्रचण्डमा फुटाउ र राज गर भन्ने शैली रहेका कारण नेकपामा बिबाद सिर्जना भएको बताएका छन ।
आफुले कहिल्यै बिभाजन तिर नलगेको भन्दै, एमालेको आन्तरिक समस्यामा खेलेर प्रचण्डलेनै पार्टीलाई कमजोर पारेको उनको जिकिर थियो ।
एमाले भित्रको आन्तरिक समस्यामा खेलेर एउटा पक्षलाई आफुतिर तानेर कब्जा गर्ने रणतिति प्रचण्डले गरेको आरोप लगाएका छन ।
प्रचण्डको पछी लागेर माधबजीहरुले पार्टीमा अप्ठ्यारो सिर्जना गरेको प्रधानमन्त्रीको आसय थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।