सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

सत्तापक्षले गर्‍यो गण्डकी सभा बैठक अवरुद्ध


  • मंगलबार, बैशाख १४ २०७८
7K
SHARES

फाईल तस्बिर

गण्डकीको चालु विशेष अधिवेशनमा पिसिआर माग गर्दै सत्तापक्ष एमालले अवरुद्ध गरेको छ। मंगलबार संसद सुरु हुने बित्तिकै एमाले पक्षका सांसदहरुले उठेर विरोध जनाएका हुन्।

आफूहरुले संसद अवरुद्ध गर्नुको कारणबारे बिफ्रिङ गर्दै एमाले सांसद राजीव पहारीले सांसदहरुको पिसिआर गर्नुपर्ने माग राखेका छन्। ‘आधा भन्दा बढी माननीयले कोभिडको डबल डोज लगाएको अवस्था छैन। कास्की जिल्लाले जारी गरेको सूचनामा पनि भीड नगर्नु भनेको छ,’ उनले भने, ‘हेल्थ प्रोटोलक जारी नगरी संसद सुरु गर्दा कोरोना नफैलियोस्। कोरोना सरेर कोही माननीयको मृत्यु भयो भने के गर्ने ?’

आफूहरु जनताको पथप्रदर्शक भएको उनले बताए। उनले पिसिआर चेक गरेर मात्र संसद चलाउन पर्ने माग राखे। आधा भन्दा बढी सांसद सुगर र प्रेसरको रागी भएकाले थप खतरा हुने उनले बताए।

सभामुखद नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गर्दागर्दै पनि उनीहरु बस्न मानेनन्। सभामुख अधिकारीले २० मिनेटको लागि संसदको अन्त्य भएको घोषणा गरें। सभाको अर्को बैठक १ बजे बस्ने छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा