शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

च्याम्पियन्स लिगको सेमिफाइनल खेलअघि चेल्सीलाई जिदानको ‘सन्देश’


  • मंगलबार, बैशाख १४ २०७८
14.7K
SHARES

फाइल तस्बिर

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा भोलिदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनल खेलमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब चेल्सी भिड्दैछन् । पहिलो लेगको खेल रियलको घरेलु मैदानमा हुनेछ । सो खेलका लागि दुवै टोलीले प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

सर्वाधिक १३औं पटकको च्याम्पियन रियल एकपटक च्याम्पियन बनेको चेल्सीलाई आफ्नो घरेलु मैदानमा भित्र्याउँदा उत्कृष्ट प्रदर्शन र नतिजाको पर्खाइमा हुने टोलीका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । खेलअघि आयोजित प्रेस कन्फेरेन्समा कुरा गर्दै फ्रेन्च कोचले रियल च्याम्पियन्स लिगमा आफ्नो ‘स्तर’ देखाउन तयार रहेको बताएका छन् । रियलले यसअघि क्वार्टरफाइनलमा प्रिमियर लिगकै लिभरपुललाई हराएर सेमिमा प्रवेश गरेको थियो । खेलअघि जिदानले चेल्सी हालको अवस्थामा एक पूर्ण टिम भए पनि रियल उच्च मनोबलका साथ घरेलु मैदानमा उत्रिने बताए । ‘यो एक सुन्दर खेल हुनेछ । अहिलेको अवस्थामा चेल्सी एक मजबुत र पूर्ण टिम हो । उनीहरूले प्रिमियर लिग र च्याम्पियन्स लिग दुवैमा राम्रो गरिरहेका छन् । हामी उनीहरूको सम्मान गर्छौं,’ जिदानले भने, ‘हामी आफ्नो तर्फबाट राम्रो गर्न चाहन्छौं । फाइनल पुग्न हामीले दुवै लेगमा उत्कृष्ट प्रदर्शन दिन सक्नुपर्छ । हामी त्यसका लागि तयार छौं ।’

जिदानले ला लिगामा रियल मड्रिड अहिले कस्तो अवस्थामा छ भन्ने कुराले च्याम्पियन्स लिगमा कुनै असर नपार्ने बताएका छन् । यिल मड्रिड अहिले ला लिगामा उपाधि होडमा कमजोर अवस्थामा छ । यस्तो बेला रियलको लक्ष्य च्याम्पियन्स लिग जितेर यो सिजनलाई बचाउनु हो । जिदानको भनाइबाट पनि यही बुझ्न सकिन्छ । उनले ला लिगाको अवस्था र पछिल्ला खेलको फितलो नतिजा भुलेर आफ्ना खेलाडीले च्याम्पियन्स लिगमा आफ्नो स्तर देखाउने बताए ।

‘रियल मड्रिड ला लिगामा कहाँ र कस्तो अवस्थामा छ भन्ने कुराले च्याम्पियन्स लिगमा कुनै असर गर्दैन । किनभने, हामी यहाँ ला लिगा होइन, च्याम्पियन्स लिगका खेल खेल्नेछौं । यस प्रतियोगितामा कसरी खेल्नुपर्छ भन्ने कुरा मेरा खेलाडीसँग राम्रो अनुभव छ । मेरो टिम यो खेललाई लिएर धेरै चिन्तित छैन । हामी शान्त छौं । आफ्नो तयारी र योजनाअनुसार खेल्नेछौं,’ जिदानले भने, ‘घरेलु मैदानमा हामी उत्कृष्ट नतिजाका लागि खेल्नेछौं । यो समय भनेको हामीले नराम्रा खेल र खराब नतिजा भुलेर च्याम्पियन्स लिगमा रियल मड्रिडको स्तर देखाउने हो उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा