शनिबार, साउन ३० २०८३
ताजा अपडेट

अछाममा एकै विद्यालयका १६ विद्यार्थीमा देखियो कोरोना


  • मंगलबार, बैशाख १४ २०७८
11.8K
SHARES

फाईल तस्बिर

अछाममा एकै विद्यालयमा पढ्ने १६ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ।

अछाम बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोरोना देखिएको हो।

यो विद्यालयका २५ जना विद्यार्थीमा सोमबार एन्टिजेन परीक्षण गरिएको थियो। १० जना छात्र र ६ छात्रामा कोरोना पोजेटिभ देखिएको हो।

गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बसन्तबहादुर रावलले विद्यालयका १० जना शिक्षकको पनि स्वाब लिइएको बताए।

विद्यार्थीमा कोरोना देखिएपछि शिक्षकहरूको पनि स्वाब संकलन गरिएको हो।

एक सातादेखि विद्यार्थीमा टाउको दुख्ने, खोकी लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखिएका थिए। संक्रमण देखिएका सबै विद्यार्थी होम आइसोलेसनमा छन्।

सोमबारदेखि नै विद्यालय बन्द गरिएको छ। गाउँपालिका भित्रका अरू विद्यालय भने खुला नै छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा