शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एक हप्ता कडा रूपमा बन्द गर्छौं – प्रजिअ पराजुली


  • सोमबार, बैशाख १३ २०७८
19.4K
SHARES

फाईल तस्बिर

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणको लागि एक हप्ता कडा बन्द गर्ने तयारी गरेको बताउनुभएको छ ।

सोमबार बिहान बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकमा कोरोनाको चेन ब्रेक गर्नको लागि एक हप्ता कडा बन्द गर्ने प्रस्ताव आएको जानकारी दिनुभयो । निर्णयलाई परिपक्व बनाउनका लागि माथिल्लो निकायसँग पनि समन्वय गर्न सकिने पराजुलीको भनाइ छ । उहाँले बेलुकासम्म सबै निर्णय सार्वजनिक गरिने बताउनुभयो ।

आफूहरूले अनुगमनलाई कडा बनाएको बताउँदै नागरिकलाई घर फर्कने समय दिएर बन्द गरिने पराजुलीको भनाइ छ । घर फर्कनेहरूलाई विगतमा जस्तो सास्ती नहोस् भन्नका लागि केही समय दिएर मात्र बन्द गर्ने बताउनुभयो । उहाँले घर जानेलाई पर्याप्त बसको व्यवस्था गरिने जानकारी दिनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा