सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा


  • सोमबार, बैशाख १३ २०७८
14.4K
SHARES

फाईल तस्बिर

कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ। सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ।निषेधाज्ञा अवधिभर अति आवश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले काठमाडौंलगायतका सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा