ईन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल० टी–२० मा दिल्ली क्यापिटल्सले चौंथो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौंथो जित दर्ता गरेको हो ।
दिल्लीले दिएको १ सय ६० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको हैदरावाद २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रनमा रोकिएपछि दिल्लीले सुपर ओभरमा जित निकालेको हो । सुपर ओभरमा हैदरावादले ७ रन जोड्यो । दिल्लीले ८ रन जोड्दै खेल आफ्नो पक्षमा बनाएको थियो । दिल्लीले ५ खेलमा ८ अङ्क जोडेको छ । हैदरावादले ५ खेलमा २ अङ्क जोडेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।