शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

पहिलो स्थानको एथ्लेटिको पराजित, रियल मड्रिड र बार्सिलोनालाई राहत


  • सोमबार, बैशाख १३ २०७८
13.5K
SHARES

फाइल तस्बिर

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहको एथ्लेटिको मड्रिड लिगको ३३ औं खेलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा मड्रिड एथ्लेटिक्स बिल्वाओसँग २–१ ले गोल अन्तरले पराजित भएको हो ।

घरेलु टोलीको जितका लागि एलेक्स बेरेनगुएर र इनिगो मार्टिनेजले १–१ गोल गरे । एथ्लेटिकोका लागि स्टेफन साभिकले एक गोल गरे । खेलको आठौं मिनेटमा नै एलेक्स बेरेनगुएरको गोलबाट बिल्वाओले अग्रता लिएको थियो । ७७ औं मिनेटमा एथ्लेटिको स्टेफन साभिकको गोलमा बराबरीमा फर्कियो । ८६औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै २–१ को नतिजा निकाल्यो ।

पहिलो स्थानमा रहेकोे एथ्लेटिको मड्रिड पराजित भएपछि लिगको उपाधि होड रोमाञ्चक बनेको छ । लिगको दोस्रो स्थामा रियल मड्रिड , तेस्रो स्थानमा बार्सिलोना र चौथो स्थानमा सेभिल्ला छन् । उपाधि दौडमा रहेका क्लबलाई एथ्लेटिको पराजित हुँदा राहत मिलेको हो ।

ला लिगाको शीर्ष स्थानमा रहेको एथ्लेटिकोले ३३ खेलबाट ७३ अङ्क जोडेको छ । समान खेल खेलेको रियल मड्रिडले ७१ अङ्क जोडेको छ । एक खेल कम खेलेको बार्सीलोनाको रियलसँग बराबरी अङ्क छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा