शनिबार, साउन ३० २०८३
ताजा अपडेट

उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द


  • आइतबार, बैशाख १२ २०७८
15.1K
SHARES

फाइल तस्बिर

काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताए ।
उनका अनुसार बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा