शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

जान्नैपर्ने कुरा : बिहान खाली पेटमा लसुन खाँदा यस्ता छन् फाइदा


  • आइतबार, बैशाख १२ २०७८
12.4K
SHARES

फाइल तस्बिर

लसुन हाम्रो भान्सामा प्रायः दैनिक प्रयोग हुने एक मसला हो । लसुनले मासु, तरकारीलगायत परिकारलाई स्वादिलो बनाउँछ । यद्यपि, लसुन खालि स्वादका लागि मात्र होइन । यसमा विभिन्न औषधीय गुणसमेत हुन्छन् ।

लसुन सबै उमेर र लिंगका मानिसका लागि उपयोगी हुन्छ । लसुन सेवन पुरुषका लागि अझ लाभदायी हुन्छ भन्ने एक अध्ययनले देखाएको छ ।

-पुरुषले दैनिक रूपमा बिहानै खाली पेटमा लसुन सेवन गरेको खण्डमा धेरै लाभ लिन सक्छन् । विभिन्न रोगको उपचारमा यसले सहयोग गर्छ । लसुनमा एलिसिनजस्ता थुप्रै पोषणयुक्त तत्व  हुन्छन्, जसले थुप्रै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ ।

-लसुनमा सेलेनियम हुन्छ । जब यो शरीरमा जान्छ, तब यसले पुरुषको प्रजनन शक्ति बढाउने काम गर्छ । यसमा भएको एन्टिब्याक्टेरियल शक्तिले थुप्रै कीटाणुसँग लड्न मद्दत गर्छ ।

-सास र मुखबाट आउने गन्ध हटाउन पनि यसले मद्दत गर्छ । लसुनमा रहेको प्रोटिनले शरीर स्वस्थ बनाउँछ । यसमा कार्बोहाइड्रेट हुन्छ । जसले शारीरिक कमजोरीलाई हटाउँछ र शरीरलाई शक्ति मिल्छ ।

-लसुनमा पर्याप्त मात्रामा क्याल्सियम हुन्छ । जसले हड्डी बलियो बनाउँछ । यसमा रहेको एलिसिनले फ्याट घटाउन मद्दत गर्छ । जसका कारण तौल नियन्त्रणमा राख्न सकिन्छ । यसमा रहेको फाइबर्सले कब्जियत र पेटको समस्याबाट टाढा राख्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा