मंगलबार, कार्तिक १८ २०८३
ताजा अपडेट

‘इम्युनिटी पावर’ बढाउने ५ खानेकुरा !


  • आइतबार, बैशाख १२ २०७८
15.4K
SHARES

फाइल तस्बिर

रगतमा डब्लुबिसीको संख्या कम हुँदा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ, र हामीलाई छिटै रोगले आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता (इम्युनिटी पावर) बढाउन शरीरमा डब्लुबिसीको मात्रा पर्याप्त राख्नुपर्छ।

यी खानेकुराको नियमित सेवनले शरीरमा डब्लुबिसीको कमी हुन पाउँदैन :

लसुन, अदुवा

खानामा दैनिक लसुन र अदुवाको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक छ । यी दुवैमा डब्लुबिसी अर्थात् शरीरको रोग–प्रतिरोधक क्षमता बढाउने तत्व हुन्छ । अदुवाले शरीरमा इन्फ्लेमेसन घटाउन पनि सघाउँछ ।

बदाम

बदाम प्रोटिन र मिनरल्सको राम्रो स्रोत हो । दैनिक ८–१० दाना बदाम खानाले प्रतिरक्षा प्रणाली बजबुत राख्न मद्दत पुग्छ ।

बेसार

तरकारीमा बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ । बेसारले हामीलाई ओस्टियोपोरोसिस (हड्डीको कमजोरी), ब्लड प्रेसरजस्ता विभिन्न रोगबाट बचाउँछ ।

बेसारमा हुने कर्क्युमिन तत्व एक राम्रो एन्टिअक्सिडेन्ट हो । यसले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ ।

अमिला फल

सबैजसो अमिला फलमा भिटामिन सी पाइन्छ । भिटामिन सीले शरीरमा डब्लुबिसीको मात्रा बढाउन मद्दत गर्छ । यसबाट शरीरको रोगसँग लड्ने क्षमता बढ्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा