शनिबार, साउन ३० २०८३
ताजा अपडेट

कोरोना बढेपछि हेटौँडामा आजदेखि सवारी साधनमा जोर-बिजोर प्रणाली लागु


  • आइतबार, बैशाख १२ २०७८
14.2K
SHARES

फाइल तस्बिर

हेटौँडामा कोभिड-१९ संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न भिडभाड हुने स्थानमा आइतबार बिहानैदेखि हल्का सवारी साधनलाई जोर-बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौँडाको विभिन्न क्षेत्रमा आवतजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरी (सफारी)लाई तोकिएको स्थानमा मास्क लगाई जोर-बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याइएको बताए।

जोर-बिजोर प्रणाली लागु गर्ने भनि जानकारी नभएका सवारीधनीलाई प्रहरीको विभिन्न टोलीले सम्झाई/बुझाई गरी गन्तव्य स्थानमा पठाइएको र अन्य सवारीसाधनलाई फिर्ता पठाइएको पनि प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

उनका अनुसार भीमफेदी, कुलेखानी, दामन, पालुङ, भैंसे, मनहरी, लोथर, फापरबारी राईगाउँबाट दैनिक सञ्चालनमा ल्याइएका यात्रुबाहक बसलाई मास्क र सेनिटाइजर प्रयोग गर्न लगाई आ-आफ्नो गन्तव्य स्थानसम्म आवतजावत गर्न अनुमती दिइएको छ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको केही दिनअघि बसेको संयुक्त बैठकले प्रथम चरणमा हेटौँडा आसपास क्षेत्रमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न हल्का सवारीसाधनलाई जोर-बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याउने निर्णयअनुसार आजदेखि उक्त प्रणाली लागू गरिएको प्रजिअ भरतमणि पाण्डेले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा