युरोपियन च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको महत्त्वपूर्ण खेलअघि फ्रेन्च क्लब पिएसजीलाई चोटको पिरलो परेको छ । टोलीका प्रमुख फरवार्ड केलियन एमबाप्पे घाइते भएका छन् । गत राति घरेलु लिग वान फुटबलमा मेट्जविरुद्धको खेल दौरान २२ वर्षीय फ्रेन्च फरवार्डले तीघ्राको चोट बोके ।
उनले ८७औं मिनेटमा चोटका कारण मैदान छाड्नु परेको थियो ।च्याम्पियन्स लिगमा पिएसजीले इंग्लिस क्लब म्यानचेसटर सिटी प्रतिस्पर्धी पाएको छ । अबको खेल सिटीसँग हुनेछ । पहिलो लेगको खेल आगामी बुधबार राति पिएसजीको घरेलु मैदानमा हुनेछ । चोट बोकेपछि एमबाप्पेले सो खेल गुमाउने शंका बढेको छ । पिएसजी र सिटीको खेललाई महत्त्वसाथ हेरिएको छ ।
चोट बोकेपछि एमबाप्पेले सो खेल गुमाउने पक्काजस्तै देखिएको छ । तर, हालसम्म क्लब पिएसजीले यस विषयमा औपचारिक जानकारी दिएको छैन । गत रातिको खेलमा पिएसजीले मेट्जलाई १–३ ले हराउँदा एमबाप्पेले उत्कृष्ट प्रदर्शनका साथ २ गोल गरेका थिए । गत रातिको गोलसँगै एमबाप्पेले यो सिजन घरेलु लिगमा २५ गोलको आँकडा पनि पूरा गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।