स्पेनिस ला लिगा फुटबलमा आज विभिन्न पाँच खेलहरू हुँदैछन् । आज हुने खेलमध्ये टप–४ मा रहेका ३ टोलीका खेल पनि हुनेछन् । आज हुने खेलमा तेस्रो स्थानको बार्सिलोना, लिग लिडर एथ्लेटिको मड्रिड र चौथो स्थानको सेभिल्लाले आ–आफ्ना खेल खेल्दैछन् । यी खेलमध्ये बार्सिलोना र एथ्लेटिको मड्रिडको खेलमाथि धेरको नजर रहनेछ ।
आज हुने खेलहरूमध्ये बार्सिलोनाले सिजनको दोस्रो भेटमा भिल्लारियलको सामना उसकै घरेलु मैदानमा गर्दैछ । हाल अंक तालिकामा भिल्लारियल ३२ खेलपछि ४९ अंकका साथ सातौं स्थानमा छ भने बार्सिलोना ३१ खेलपछि ६८ अंकका साथ तेस्रो सथानमा छ । यी दुई टोलीबीच यसअघि बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा बार्सिलोनाले भिल्लारियलको ४–० ले धुलाइ गरेको थियो । आज भिल्लारियल बार्सिलोनासँग सो हारको बदला लिने दाउमा छ ।
आज हुने अर्को महत्त्वपूर्ण खेलमा एथ्लेटिको मड्रिडले अर्को बलियो टोली एथ्लेटिक बिल्बाओको सामाना उसकै घरेलु मैदानमा गर्दैछ । यो खेल पनि आज निकै महत्त्वपूर्ण हुनेछ । हाल अंक तालिकामा बिल्बाओ ३१ खेलपछि ३८ अंकका साथ १०औं स्थानमा छ । एथ्लेटिको मड्रिड भने ३२ खेलपछि ७३ अंकका साथ शीर्ष स्थानमा छ । अहिले एथ्लेटिको एक खेल बढी खेलको दोस्रो स्थानको रियल मड्रिडभन्दा २ अंकले अघि छ भने एक खेल कम खेलेको बार्सिलोनाभन्दा ५ अंकले अघि रहेको छ ।
उपाधि होडमा कडा टक्कमा रहेका एथ्लेटिको र बार्सिलोना यतिबेला ठूलै दबाबमा छन् । ताजा अवस्था यी दुई टोलीलाई साझा चुनौती र अवसर छ । त्यो के भने– यी दुवै टोलीले लिगमा बाँकी आ–आफ्ना खेल जितेको अवस्थामा लिग च्याम्प्यिन बन्न सक्नेछन् । तर, यी दुईले खेल्न बाँकी खेलमध्ये बार्सिलोना र एथ्लेटिकोबीच पनि एक खेल बाँकी नै छ । सम्भवतः यही खेलको नतिजाले यो सिजनको उपाधि दिशा तय हुनेछ ।यो स्थितिमा एथ्लेटिको र बार्सिलोनाबीच हुने खेलमा जसले जित्छ, त्यो टिमले अन्य बाँकी खेल पनि जितेर च्याम्पियन बन्न सक्छ ।
१ हुएस्का भर्सेस गेटाफे – साँझ ५ः४५ बजे
२ भिल्लारियल भर्सेस बार्सिलोना – राति ८ बजे
३ सेल्टा भिगो भर्सेस ओसासुना – राति १०ः१५ बजे
४ सेभिल्ला भर्सेस ग्रानाडा – राति १०ः१५ बजे
५ बिल्बाओ भर्सेस एथ्लेटिको मड्रिड – राति १२ः४५ बजे
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।