नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक शुरु भएको हो ।
६ र १० वैशाखमा बसेर अन्त्य गरिएको बैठक फेरि बोलाइएको हो । बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई भूमिकाविहीन बनाउने गरी कार्यविभाजन र नयाँ स्थायी कमिटी गठन गरेर बैठक अन्त्य भएको थियो । उक्त बैठकलाई नेता नेपाल समूहलाई सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिइएको थियो ।
तर, फेरि आकस्मिक बैठक बोलाइएको छ । ओलीले बोलाउने बैठकमा नेपाल समूह भने अनुपस्थित रहँदै आएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।