तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुलबाट खस्दा एक जना मजदुरको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता भएका छन् ।
आइतबार विहान निर्माणाधीन पुलबाट १० जना मजदुर त्रिशूली नदीमा खसेका थिए । तीमध्ये एकजना भारतीय नागरिक विजय यादवको मृत्यु भएको चितवन प्रहरी प्रमुख ओमप्रकाश अधिकारीले जानकारी दिए । बेपत्ता व्यक्तिको खोजी भइरहेको उनले बताए ।
घटनास्थलबाट आठ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्रिशूली नदीमाथि निर्माणाधीन पुल गत चैत अन्तिम साता भत्किएको थियो । सोही पुल निर्माणमा खटिएका मजदुरहरु नदीमा खसेका हुन् । त्यहाँ १४ जना मजदुर कार्यरत थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।