नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
आज दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने भएको हो।
सभापति देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
१४ औं महाधिवेशन तयारीका विषयमा बैठक केन्द्रीत हुने पौडेलले सेतोपाटीलाई बताए।
कांग्रेसले सोमबार केन्द्रीय समिति बैठक पनि राखेको छ। उक्त बैठकका एजेन्डा तय गर्न पनि आज पदाधिकारी बैठक बस्न लागेको हो।
समसामयिक राजनीतिक घटनाक्रम, जेठ ६ मा एक सिटका लागि हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो।
कांग्रेसमा क्रियाशील सदस्यता वितरण तथा नवीकरण पनि चल्दैछ। अहिलेसम्म करिब ७ लाख कांग्रेसका क्रियाशील सदस्य भइसकेका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।