नेपालका ओपनर कुशल भुर्तेल त्रिकोणात्मक टी-२० सिरिजको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। पाँच खेलमा चार अर्धशतक प्रहार गरेका कुशलले पल्सर एनएस २०० प्राप्त गरे।
प्रतियोगितामार्फत टी-२० मा डेब्यू गरेका उनले पाँच खेलमा चार अर्धशतक प्रहार गरे।
उनले फाइनलमा ७७ रन बनाए। त्यसअघि समूह चरणमा उनले लगातार तीन अर्धशतक प्रहार गरेका थिए।
उनी प्रतियोगिताको सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा रहे। उनले पाँच खेलमा कुल २७८ रन हाने।
उनी डेब्यूमा लगातार तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।